(१) समितिको बैठक दुई महिनामा कम्तीमा एकपटक बस्नेछ ।
(२) समितिको बैठक समितिको अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ ।
(३) समितिको सचिवले समितिको बैठक बस्ने सूचना सहित बैठकमा छलफल हुने विषयको सूची कम्तीमा दुई दिन अगावै समितिका सदस्यहरुलाई उपलब्ध गराउनु पर्नेछ ।
(४) समितिको कुल सदस्य संख्याको पचास प्रतिशत भन्दा बढी सदस्यहरु उपस्थित भएमा समितिको बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ ।
(५) समितिको बैठकको अध्यक्षता समितिको अध्यक्षले र निजको अनुपस्थितिमा उपस्थित सदस्यहरुले आफूहरुमध्येबाट छानेको सदस्यले गर्नेछ ।
(६) समितिको बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा बैठकमा अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनेछ ।
(७) समितिले आवश्यकता अनुसार सम्बन्धित क्षेत्रका विशेषज्ञलाई समितिको बैठकमा आमन्त्रण गर्न सक्नेछ ।
(८) समितिको बैठकको निर्णय समितिको अध्यक्ष र सचिवद्वारा प्रमाणित गरिनेछ ।
(९) समितिको बैठक सम्बन्धी अन्य कार्यविधि समिति आपैmले निर्धारण गरे बमोजिम हुनेछ ।